• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    अस्पतालमै सुरु भयो पूर्वप्रधानमन्त्री ओलीको बयान

    137
    SHARES



    काठमाडौं । जेनजी आन्दोलनको दमनबारे पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बयान अस्पतालमै लिन सुरु गरिएको छ ।

    स्वास्थ्य समस्याका कारण अस्तालमै राखेर बयान लिन सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

    ओली पक्राउ परेदेखि नै महराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा छन् । अहिले त्रिवि शिक्षण अस्पतालमै जिल्ला सरकारी वकिल कार्यालयका टिम र अनुसन्धान अधिकृत प्रहरीले बयान लिइरहेको एसपी भट्टराईले बताए ।

    यता लेखकको भने बयान सकिएको छ । उनले बुधबार सरकारी वकिलको कार्यालयमा उपस्थित भएर बयान दिएका थिए । त्यसैगरी पक्राउ परेपछि पहिलो पटकका लागि दिएको ५ दिनको म्याद पनि आज बिहीबार सकिएको छ ।

    जसअनुसार उनीहरुविरुद्ध आज दोस्रो पटक म्याद लिने तयारी पनि प्रहरीले गरेको छ । ओली लेखक दुबै जनाको भिडियो कन्फ्रेन्समार्फत म्याद थपको तयारी अघि बढाइएको एसपी भट्टराईले बताए ।

    गत २३ र२४ भदौमा भएको जेनजी आन्दोलन घटनाको दनमबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा आयोग गठन भएको थियो । उक्त आयोगले ओली, लेखकलाई ज्यानसम्बन्धी कसुरमा कारबाही गर्न सिफारिस गरेको थियो ।

    आयोगको सिफारिस कार्यान्वयन गर्ने सरकारले निर्णय गरेसँगै गत शनिबार बिहानै उनीहरु पक्राउ परेका थिए । त्यसयता उनीहरु हिरासतमा छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ