• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    पूर्वप्रधानमन्त्री ओलीलाई रिहा गर्न एमालेको माग

    220
    SHARES



    काठमाडौँ । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गरेको छ। प्रतिनिधि सभाको आजबाट सुरू भएलगत्तै बोल्दै एमाले सांसद गुरू बरालले अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकको रिहाइको माग गरेका हुन्।

    ‘आज देशमा संविधानको बर्खिलाप गतिविधि भइरहेका छन्। फौजदारी अपराध संहिताको धारा ८१ र ८२ को गलत प्रयोग गरी हाम्रो अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको छ,’ बरालले संसदमा भने, ‘उहाँहरूलाई अविलम्ब रिहा गरियोस्।’

    उनले गौरिबहादुर कार्की आयोगको प्रतिवेदनले भदौ २३ बारे बोलेको तर २४ गतेको कुनै कुरा नउठाएको भन्दै अहिले सरकारले समिति बनाएर छानबिन गर्ने कुराप्रति पनि प्रश्न उठाए। ‘एउटै घटना दुईवटा आयोग बनाएर छानबिन गर्ने कुरा कति उचित हो?,’ उनको भनाइ थियो।

    अध्यक्ष ओली पक्राउबारे एमालेले देशव्यापी शान्तिपूर्ण आन्दोलन गरेको तर सरकारले दमन गरेको बताए। प्रतिनिधि सभा सदस्य शाजिदा सिद्धिकि, विष्णुमाया विकलगायत एमालेका नेता–कार्यकर्तालाई घाइते बनाइएको भन्दै सरकारी दमनको पनि छानबिन गर्न गृहमन्त्री सुधन गुरूङ समक्ष माग गरे।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ