• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    देउवाको सचिवालयले भन्यो- बूढानीलकण्ठमा रहेको निवास बिक्री गर्ने योजना छैन

    187
    SHARES



    काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवास बिक्री गर्ने कुनै तयारी नरहेको सचिवालयले जानकारी दिएको छ।

    केही सञ्चार माध्यमहरूमा पूर्वप्रधानमन्त्री देउवाले निवास बिक्री गरेको खबर आएको भन्दै सचिवालयले उक्त निवास बिक्री गर्ने कुनै योजना नरहेको बताएको हो।

    ‘बूढालीलकण्ठस्थित देउवा निवास बिक्री गर्ने कुनै कार्यक्रम छैन। केही सञ्चार माध्यममा गलत सूचनासहित घर बिक्री गरेको र बिक्रीमा राखिएको भन्ने भ्रामक सूचना सम्प्रेषण भएकाले निवास बिक्रीमा नरहेको स्पष्ट पार्दछौं,’ देउवाको सचिवालयले भनेको छ।

    जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते देउवा निवासमा आगजनी भएको थियो। पाँच पटक प्रधानमन्त्री भएका देउवाको निजी निवास बिक्री गर्ने तयारी नरहेको पनि सचिवालयको भनाइ छ।

    यो घर आरजु राणालाई उनको माइतीले दाइजोका रूपमा २०५० सालमा खरिद गरिदिएको पनि सचिवालयको भनाइ छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ