• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    गैंडाकोटमा भयानक सवारी दुर्घटना, ३ गाडी एकैठाउँ ठोक्किए

    235
    SHARES



    काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका ९ हनुमान मन्दिर नजिक भयानक सवारी दुर्घटना भएको छ ।

    जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी एवम् डीएसपी अनिल पण्डितका अनुसार नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०९१० नम्बरको बसले गैंडाकोटबाट भेंडाबारी तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी र सोही दिशा तर्फबाट जाँदै गरेको बा ३ ख ३१६३ नम्बरको ट्रकलाई समेत ठक्कर दिएको थियो ।

    आज बिहान ६:४५ बजेको समयमा भएको दुर्घटनामा तीनवटै गाडीका चालकहरु घाइते भएका छन् । अन्य ८–९ जना पनि सामान्य घाइते भएको र विस्तृत विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मानवीय क्षति भने भएको छैन । घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

    डिएसपी पण्डितका अनुसार ट्रक चालक रामेछापका ३२ वर्षीय इन्द्र तामाङ, बस चालक बाँकेको नेपालगञ्ज उपमहानगरपालिका २० बस्ने ४१ वर्षीय मोहनसिंह बलामी मगर र हात्तीगाडी चालक चितवनको भरतपुर महानगरपालिका १२ वस्ने ३३ वर्षीय दर्शन काप्री घाइते छन् ।

    हात्तीगाडी चालक काप्रीको छात्तीमा चोट छ । बस र ट्रक चालकहरुको भने दुवै खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । ती तीनै जना चालकहरुको अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ । बसमा सवार अरु ८/९ जना यात्रुहरु समेत सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ