• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    बालश्रम शोषणको आरोपमा लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ

    233
    SHARES



    काठमाडौँ। केही वर्षअघि घरबाट बालिका उद्धार गरिएको घटनामा मुछिएकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा बालश्रम शोषणको आरोपमा पक्राउ परेकी छन् ।

    उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार राति काठमाडौँको धुम्बाराहीस्थित निवासबाटै पक्राउ गरेको हो ।

    एमालेबाट निर्वाचित सांसद शर्मामाथि नाबालिकालाई घरेलु श्रममा लगाएर बालबालिकाविरुद्धको कसुर गरेको गम्भीर आरोप छ । यसअघि काठमाडौँ महानगरपालिकाले उनको घरबाट बालिकाको उद्धार गरेपछि यो विषय चर्चामा आएकाे थियो ।

    प्रहरीले सांसद शर्मालाई पक्राउ गरी बालबालिका सम्बन्धी ऐनअन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ