• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    एमाले कार्यकर्ता र्‍यालीसहित विरोध पत्र बुझाउन ललितपुर सीडीओ कार्यालयमा

    290
    SHARES



    काठमाडौं । अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेका जनवर्गीय संगठनहरूले आज देशैभर जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाउँदैछन् ।

    यसैबीच ललितपुर जिल्ला प्रशासन कार्यालयमा र्‍याली सहित एमालेका कार्यकर्ताहरू पुगेका छन् । उनीहरू अहिले ओली पक्राउको विरोधमा जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरिरहेका छन् ।

    एमालेका कार्यकर्ताहरूले हिजोदेखि नै प्रदर्शन थालेका छन् । शनिबार काठमाडौंको माइतीघर बबरमहल क्षेत्रमा एमाले कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका थिए । गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो ।

    उक्त आन्दोलनमा दमन भएको थियो । जेनजी आन्दोलनको बेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री थिए भने कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए । ओली र लेखक पक्राउ परेपछि एमालेले विरोधमा प्रदर्शन थालेको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ