• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    नवनियुक्त मन्त्रीहरूले लिए शपथ, बालेन क्याबिनेटमा ३३ प्रतिशत महिला

    225
    SHARES



    काठमाडौं । नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् ।

    आजै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पनि शपथ लिएका थिए । शपथ ग्रहण कार्यक्रमका लागि बटुकले स्वस्तिवाचन र लामाले मंगलवाचन समेत गरेका थिए । बालेन नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्मा पाँच जना मन्त्री महिला छन् ।

    को को बने मन्त्री ?

    प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय पनि सम्हालेका छन् ।

    मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्लेले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् ।

    तेस्रो वरियतामा रहेका सुधन गुरुङले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

    शिशिर खनालले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

    सुनिल लम्सालले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयकाे जिम्मा पाएका छन् ।

    विराजभक्त श्रेष्ठले ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको नेतृत्व पाएका छन् ।

    खड्कराज पौडेल (गनेश) ले पर्यटनमन्त्रीको जिम्मेवारी पाएका छन् ।

    सस्मित पोखरेललाई शिक्षा विज्ञान, तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी छन् ।

    विक्रम तिमिल्सिना सञ्चारमन्त्री बनेका छन् ।

    सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल, दीपक साह (महोत्तरी)ले श्रम मन्त्रीको र सोविता गौतमले कानुन मन्त्रालय, जिम्मेवारी पाएका छन् ।

    सीता वादी महिला, बालबालिका मन्त्री बनेकी छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ