
काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) पनि सुनचाँदीको भाउ घटेको छ।
बिहीबार प्रतितोला दुई हजार नौ सय रूपैयाँ र आज प्रतितोला चार हजार ६ सय रूपैयाँ गरी यो दुई दिनमा सुनको भाउ तोलामा सात हजार पाँच सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८१ हजार रूपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ८५ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला चार हजार आठ सय २० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला चार हजार ६ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ५० रूपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार चार सय ४६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया