• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद समाचार

    राखेपको निलम्बनपछि एन्फाको निर्वाचन स्थगित

    230
    SHARES



    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निलम्बनमा परेपछि अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचन स्थगित भएको छ ।

    एन्फा निर्वाचन समितिले एक सूचना जारी गर्दै चैत १३ शुक्रबारका लागि तय गरिएको एन्फा निर्वाचन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको हो ।

    पटकपटक दिएको निर्देशन पालना नगरेपछि राखेप कार्यकारी समितिको बुधबारको बैठकले खेलकुद विकास ऐन २०७७ को दफा २९ को २ लाई टेकेर एन्फा नेतृत्वमाथि ३ महिनासम्मका लागि निलम्बन गरेको थियो ।

    एन्फा निलम्बनमा परेपछि अध्यक्षका अर्का उम्मेदवार कुमार केसी पक्षले निर्वाचनमा सहभागी नहुने घोषणा समेत गरेका थिए । बुधबारसम्म निर्वाचन गरिछाड्ने हठसहित अगाडि बढेको एन्फाले आज भने निर्वाचन रोक्ने निर्णय गरेको हो ।

    अहिलेको एन्फा नेतृत्वले आफू पुनः दोहोरिन कार्यकाल सकिनुभन्दा ३ महिनाअघि नै विधानमै नभएको अर्ली इलेक्सन गर्न खोजेपछि विवाद सिर्जना भएको थियो ।

    एन्फा निर्वाचनका लागि अघि बढेपछि राखेपले स्वीकृतीबिना निर्वाचन नगर्न पटकपटक पत्र काटेको थियो । तर, एन्फाले निर्देशन अवज्ञा गर्दै चैत १३ गते नै जसरी पनि निर्वाचन गर्ने अडान राखेपछि राखेपले निलम्बन गरेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ