• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    जेनजी आन्दोलनका मृतक परिवारका २५ जनाको यस्तो छ बयान (पूर्णपाठ)

    300
    SHARES



    काठमाडौँ । भदौ २३ र २४ गते सुशासन र भ्रष्टाचार अन्त्यको माग गर्दै सडकमा ओर्लिएका जेनजी युवाहरूमाथि राज्यले दमन गर्दा ७६ जनाको मृत्यु भयो ।

    जेनजी आन्दोलनमा मारिएका युवाहरूको परिवारले सोही घटनाको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई दिएको घटना विवरण कागजमा सुरक्षाकर्मीले कुनै चेतावनी नै नदिई निहत्था नागरिकको सिधै टाउको, छाती र घाँटीमा ताकेर गोली हानेको उल्लेख गरिएको छ ।

    आन्दोलनमा मारिएका प्रविण कुलुङका भाइ मौसम कुलुङले आन्दोलनमा गएका बेला प्रहरीले एक्कासि गोली चलाएको बताएका छन्।

    ‘प्रहरीले चौकीभित्रैबाट चलाएको गोली लागि दाइ सडकमा ढल्नुभयो। म हारगुहार गर्दै दाइलाई आफ्नो काखमा राखी हेर्दा छातीको दाहिने भागमा गोली छेडेर ढाडबाट वारपार भएको थियो। शरीरबाट रगत बगिरहेको थियो,ु मौसमले आफ्नो बयानमा भनेका छन्, ‘अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरे।’

    स्नातक तहको पढाइ सकेर विदेश जाने तयारीमा रहेका धिरज श्रेष्ठ पनि भदौ २४ गतेको आन्दोलनमा मारिए। उनका बुबा नारायण श्रेष्ठले बयानमा भनेका छन्, ‘कान्छो छोरा घरबाट निस्कने बेलामा देशको हितको लागि जाँदैछौं भनेको थियो। तर त्यही छोरालाई ताकेश्वर अस्पतालले मृत घोषणा गर्‍यो ।’

    यस्तै, कक्षा १२ मा अध्ययनरत श्रीयम चौलागाईंका बुबा गणेश प्रसाद चौलागाईंलाई पनि छोरा कलेजमै छ भन्ने आशा गरेपनि त्यसो हुन नसकेको बताएका छन् । ‘कलेज गएको विद्यार्थी भएकाले कलेजमा नै छ होला भन्ने आशा थियो। दिउँसो १ बजे कुरा पनि भएको थियो,’ उनले भनेका छन्, ‘तर बानेश्वर चोकमा टाउकोमा गोली लागेर ३ः १५ बजे अस्पतालले मृत घोषित गरिसकेको रहेछ।’

    एक मात्र छोरा गुमाएकी रचना खतिवडा खत्री (रसिक खतिवडाकी आमा) ले आफ्नो छोरा जेनजी आन्दोलनमा जान्छु भनेर गएको र पछि छाती र कोखामा गोली प्रहार गरी मारिएको बयान दिएकी छन्।

    यसैगरी विनोद महर्जनका दाजु काजी रत्नले विनोदको मुखमा २ वटा गोली प्रहार गरिएको बताएका छन् । जुन टाउकोको पछाडिबाट बाहिर निस्किएको उनको भनाइ छ। अर्का मृतक शौरन किशोर श्रेष्ठका बुबा वसन्त किशोरले छोराको छातीमा २ वटा गोली र हात तथा घाँटीमा छर्रा लागको पाइएको बताएका छन् । जाँचबुझ आयोगले प्रतिवेदनमा मृतक परिवारका १५ जनाको बयान घटना विवरण कागजमा समेटेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ