• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    466
    SHARES



    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    जसको प्रभावले कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभाग तथा बागमती प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ । बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहको छ।

    आज दिउँसो देशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ।

    कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। आज राति देशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ ।

    पहाडी तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभाग तथा बाँकी हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ