• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    सिंहदरबारबाट बिदा भइन् प्रधानमन्त्री कार्की, नीजि निवासमा सारियो सामान

    413
    SHARES



    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की राजकीय जिम्मेवारीबाट अलग हुने तयारी गरेकी छन् । शुक्रबार प्रस्तावित प्रधानमन्त्री बालेन शाहले प्रधानमन्त्रीको नियुक्ती लिने र त्यही दिन शपथ समेत गर्ने तयारी छ ।

    जिम्मेवारी छाड्न केही दिनमात्रै बाँकी रहेको अवस्थामा प्रधानमन्त्री कार्की प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जिम्मेवारी छाडिसकेकी हुन् ।

    ‘उहाँ अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय नआउने जानकारी गराएर अनौपचारिक रुपमा विदावारी हुनुभएको छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसम्वद्ध एक उपसचिवले भने, ‘कर्मचारीहरुले विदाई गर्ने प्रस्ताव गरेका थिए, तर उहाँले मलाई बिदाइ गर्नु पर्दैन । अनौपचारिक रुपमा नै जान्छु भन्नुभएको छ ।’

    ती कर्मचारीका अनुसार, त्यसपछि प्रधानमन्त्री कार्की सिंहदरवारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय गएकी छैनन् । कार्यालयमा रहेका उनका सामान पनि सचिवालयका कर्मचारीहरुले लिएर गएका छन् ।

    बालुवाटारस्थित प्रधानमन्त्रीको निवासबाट प्रधानमन्त्री कार्कीको परिवारले आफ्नो सामान टोखास्थित नीजि निवासमा सारिसकेको छ । केही दिनदेखि टोखास्थित कार्की निवासमा सुरक्षाकर्मीहरु राख्न आवश्यक पर्ने संरचना बनाउने गृहकार्य भइरहेको थियो ।

    कार्की यसअघि पूर्वप्रधानन्यायाधीश मात्रै थिइन् । अब पूर्वप्रधानमन्त्रीको हैसियतले सुरक्षाका लागि उनको निवासमा सुरक्षाकर्मीको टोली थप्न लागिएको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ