• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप्यो दुई उडान

    408
    SHARES



    काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप दुई उडान गर्ने भएको छ । निगमले काठमाडौं–दुबई रुटमा २५ मार्चमा उडान राखेको छ । दुबई–काठमाडौं रुटको उडान २६ मार्चमा हुने भएको छ ।

    यसैगरी काठमाडौं–दुबई अर्को उडान २७ मार्चमा राखिएको छ । सो जहाजले दुबई–काठमाडौं उडान २८ मार्चमा गर्नेछ । निगमका अनुसार यी उडान काठमाडौंबाट स्थानीय समय अनुसार राति ११ बजेर १५ मिनेटमा उड्नेछन् ।

    निगमका अनुसार २८ फेब्रुअरीदेखि मार्चसम्म टिकट लिएर यात्रा गर्न असमर्थ यात्रुलाई प्राथमिकता दिइने छ । यसमा पनि २५ र २७ मार्चमा अत्यावश्यक यात्रा गर्नुपर्ने यात्रुले पुनः टिकट प्रमाणीकरण गरेर मात्र यात्रा गर्न पाउने निगमको सूचनामा उल्लेख छ ।

    जहाजको सिट उपलब्धताका आधारमा पहिले सम्पर्क गर्ने यात्रुलाई पहिलो प्राथमिकता दिइने निगमले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ