• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    इरानी नयाँ वर्षमा रुसी राष्ट्रपति पुटिनको सन्देश – मस्को सधैँ तेहरानको वफादार साथी रहन्छ

    398
    SHARES



    काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिरि पुटिनले रुस सधैँ इरानको वफादार र भरोसायोग्य साथी रहेको बताएका छन् । शनिबार इरानी नेतालाई ‘नवरोज’(इरानी नयाँ वर्ष)का अवसरमा शुभकामना दिँदै पुटिनले यस्तो बताएका हुन् ।

    ‘मस्को(रुसी राजधानी) सधैँ तेहरान(इरानी राजधानी)को वफादार र भरोसायोग्य साथी रहेको छ,’ क्रेमलिन(रुसी राष्ट्रपति भवन)द्वारा जारी वक्तव्यमा भनिएको छ,‘राष्ट्रपति भ्लादिमिरि पुटिनले इरानका सर्वोच्च नेता मोजतबा खामेनी र राष्ट्रपति मसुद पेजेस्कियानलाई नयाँ वर्षको शुभकामना दिए र भरोसा दिलाए- इरानी जनता कठिन चुनौतीलाई सम्मानका साथ पार गर्नेछन् ।’

    यसअघि पुटिनले अमेरिका र इजरायलले इरानमाथि हमला गरेर पूरै पश्चिम एसियालाई तबाहीको दैलोमा पुर्‍याएको टिप्पणी गरेका थिए । ‘अमेरिका र इजरायलले एक ठुलो वैश्विक ऊर्जा संकट पैदा गरेका छन्,’ पुटिनले भनेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ