• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    पितृशोकमा रहेका ओलीलाई गुन्डु पुगेर रास्वपा उपसभापति अर्यालको समवेदना

    750
    SHARES



    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डोलप्रसाद (डिपी) अर्यालले पितृशोकमा रहेका पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समवेदना प्रकट गरेका छन् ।

    ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै अर्यालले शोकाकुल परिवारजनमा सहानुभूति प्रकट गरेका हुन्। अर्याल बुधबार गुन्डु पुगेर दिवङ्गत मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

    उनले यस कठिन घडीमा शोकलाई शक्तिमा बदल्न र धैर्यधारण गर्न अध्यक्ष ओली र उनको परिवारलाई आग्रह समेत गरेका छन्। मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको थियो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ