• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    सुरक्षा प्रमुख मारिएपछि इरानले इसराइलको राजधानीमा हान्यो मिसाइल

    162
    SHARES



    काठमाडौँ । इरानले इसराइलको राजधानी तेल अविभमा लक्ष्य गरेर मिसाइल प्रहार गरेको छ।

    मंगलबार बेलुकी तेल अविभको घना आवादी रहेको ठाउँमा इरानले मिसाइल प्रहार गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    यस हमलालाई इरानले आफ्नो राष्ट्रिय सुरक्षा परिषद् प्रमुख अली लारिजानीको हत्याको बदला भनेको छ। लारिजानी सोमबार इसराइलले गरेको मिसाइल आक्रमणमा मारिएका थिए।

    लारिजानी युद्ध सुरू भएयता सर्वोच्च नेता आयातोल्ला अली खामेनीपछि मारिने सबै भन्दा उच्च अधिकारी हुन्। खामेनी मारिएपछि युद्धको रणनीतिमा उनले नै काम गरिरहेका थिए भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।

    इरानले लारिजानीको हत्याको बदलामा तेल अविभमा क्लस्टर वारहेड सहितको मिसाइल हानेको हो। क्लस्टर वारहेड आकाशमै फुटेर धेरै ठाउँमा फैलिने भएकाले यसलाई रोक्न इसराइलको ‘इन्टरसेप्टर’लाई पनि कठिन हुन्छ।

    एउटा हतियार तेल अविभको रमत गानमा खस्दा वृद्ध दम्पत्तीको मृत्यु भएको रोयटर्सले जनाएको छ। त्यहाँ घरहरूमा पनि क्षति भएको छ। सडकमा केही सवारी साधनहरुमा क्षति भएको तस्बिर पनि सार्वजनिक भएको छ।

    यसैबीच इरानतर्फ पनि तनाव कायम छ। मंगलबार साँझ एउटा प्रोजेक्टाइल बुस्हेहर परमाणु ऊर्जा केन्द्र नजिक खसेको भए पनि कुनै क्षति वा मानवीय हानि नभएको इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीलाई जानकारी दिएको छ।

    एजेन्सी प्रमुख राफेल ग्रोसीले परमाणु दुर्घटनाबाट बच्न सबै पक्षले अधिकतम संयमता अपनाउन आग्रह गरेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ