• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश समाचार

    सुनचाँदीको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

    127
    SHARES



    काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला रु ३ लाख ९ हजार ९ सय कायम भएको छ ।

    सोमबार भने सुन प्रतितोला रु ३ लाख ९ हजार ५ सय रहेको थियो । यसअनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला रु ४ सयले बढेको महासंघले जनाएको छ ।

    त्यसैगरी, १० ग्राम सुनको मूल्य मंगलबार रु २ लाख ६५ हजार ६९० पुगेको छ भने सोमबार रु २ लाख ६५ हजार ३४५ कायम थियो ।

    चाँदीतर्फ पनि मूल्य बढेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला रु ५ हजार ३३५ पुगेको छ भने सोमबार प्रतितोला रु ५ हजार २६५ रहेको थियो ।

    यसअनुसार चाँदी प्रतितोला रु ७० ले वृद्धि भएको छ । १० ग्राम चाँदीको मूल्य मंगलबार रु ४ हजार ५७४ पुगेको छ भने सोमबार रु ४ हजार ५१४ कायम थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ