• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद समाचार

    जय ट्रफीको फाइनलमा आज आर्मी र पुलिस उपाधिका लागि भिड्दै

    103
    SHARES



    काठमाडौं । जय ट्रफी एलाइट कपको फाइनल खेल आजदेखि सुरु हुँदैछ । दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

    खेल मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा बिहान साढे ९ बजे सुरु हुनेछ । फाइनल खेल तीनदिवसीय हुनेछ । यसअघि लिग चरणको खेल दुई दिनको भएको थियो ।

    चार टोलीले प्रतिस्पर्धा गरेको जय ट्रफीमा सिंगल राउण्ड रोविनको खेलपछि आर्मी र पुलिस शीर्ष दुईमा रहँदै फाइनल पुगेका हुन् । लिग चणमा आर्मीले पुलिसलाई ९ विकेटले पराजित गरेको थियो । फाइनलमा पुलिस त्यसको बदला लिने लक्ष्यमा छ ।

    जय ट्रफी फाइनलको मिति दोस्रो पटक परिवर्तन भएको हो । यसअघि फागुन १७ देखि १९ सम्म फाइनल खेल हुने तय थियो । तर २१ फागुनको निर्वाचन र फागुन २६ देखि हुने तय भएको लिग २ सिरिजका लागि जय ट्रफी फाइनल खेल एक महिना पछाडि सार्दै चैत २१ देखि २३ सम्म खेलाइने भएको थियो ।

    तर मध्यपूर्व युद्धका कारण लिग २ सिरिज नै स्थगित भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले जय ट्रफी फाइनल अघि सारेको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ