• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    मनकामना दर्शन गर्न गएका तिर्थालु बोकेको EV दुर्घटना: ७ जनाको मृत्यु, ८ घाइते

    419
    SHARES



    गोरखाको मनकामना मन्दिर दर्शन गरी फर्किने क्रममा इलेक्ट्रिक भ्यान (EV) दुर्घटना हुँदा ७ जना भारतीय नागरिक घटनास्थलमै मृत्यु भएका छन् भने ८ जना घाइते भएका छन्। दुर्घटनामा सवार १५ मध्ये अधिकांश यात्रु भारतीय नागरिक थिए।

    शहिद लखन गाउँपालिका–३ का वडाध्यक्ष दिपक पाण्डेका अनुसार दुर्घटना राति करिब ८ बजे भएको थियो। गाडी करिब १५०–२०० मिटर तल खसेको थियो। उद्धारमा खटिएको टोलीले बाँकी ८ घाइतेलाई जीवितै उद्धार गरेको छ। घाइतेमध्ये ७ जनालाई आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ भने एक गम्भिर घाइतेलाई भरतपुर रिफर गरिएको छ।

    वडाध्यक्ष पाण्डेले दुर्घटनाको सम्भावित कारणमा ब्रेक फेल, ठाडो र अप्ठ्यारो बाटो, पानी पर्ने अवस्था र रुटबारे अनभिज्ञता रहेको उल्लेख गरेका छन्। सशस्त्र प्रहरीको टोलीले घटनास्थलबाट केही शव उठाउने कार्य गरिरहेको छ। यस दुर्घटनाले मनकामना–आँबुखैरेनी सडकको जोखिमपूर्ण अवस्थाबारे चेतावनी दिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ