• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश समाचार

    घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

    420
    SHARES



    काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुन-चाँदीको भाउ घटेको छ। बुधबार प्रतितोला दुई हजार रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई हजार रूपैयाँ नै घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १७ हजार रूपैयाँमा किनबेच भइरहेको छ। बुधबार सुन प्रतितोला तीन लाख १९ हजार रूपैयाँमा कारोबार भएको थियो।

    यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला पाँच हजार सात सय २० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला पाँच हजार पाँच सय १५ कारोबार भइरहेको छ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय पाँच रूपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार एक सय ४४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ