• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    आज पनि काठमाडौंको वायु प्रदूषण अस्वस्थको तहमा

    339
    SHARES



    काठमाडौं । काठमाडौंमा वायुको गुणस्तरमा अझै राम्रोसँग सुधार हुनसकेको छैन । पछिल्ला दिनमा निकै खराब स्थितिमा पुगेको वायु प्रदूषण आज पनि निकै अस्वस्थको तहमै छ ।

    रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान ६:१७ बजेसम्म काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) १८५ छ । जबकि १५० नाघ्नुलाई नै अस्वस्थ मानिन्छ ।

    नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ मानिन्छ । ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ ।

    काठमाडौं आज समग्रमा संसारकै अस्वस्थ सहरमध्ये छैटौं स्थानमा रहेको छ । पहिलो स्थानमा उज्वेकिस्थान, दोस्रो स्थानमा भियतनाम, तेस्रो स्थानमा पाकिस्तानको लाहोर, चौथो स्थानमा भारतको दिल्ली र पाँचौ स्थानमा पनि भारतकै कोलकाता रहेका छन् ।

    यसअघि अग्रस्थानमा रहेको बंगलादेशको ढाँका भने १० औं स्थानमा झरेको छ । प्रदूषण बढेपछि सरोकारवालाले सचेत रहन सबैलाई आग्रह गरेको छ । बाहिर निस्किंदा मास्क लगाएर मात्रै निस्किन आग्रह गरिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ