• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    मध्यपूर्व तनावको असर : नेपालबाट जानेभन्दा फर्कने यात्रु बढी

    352
    SHARES



    काठमाडौं । पछिल्लो एक सातामा नेपालबाट मध्यपूर्वी देश जानेभन्दा उताबाट फर्कने यात्रुको संख्या बढी देखिएको छ। क्षेत्रीय द्वन्द्वका कारण हवाई उडान प्रभावित भएपछि यस्तो अवस्था देखिएको हो।

    इजरायल र अमेरिका ले केही सातादेखि इरान मा आक्रमण गरेपछि इरानको जवाफी हमलासँगै मध्यपूर्व क्षेत्रमा तनाव बढेको छ। यसका कारण खाडी क्षेत्रका हवाई उडानहरू प्रभावित भएका छन् र धेरै यात्रु गन्तव्यमा पुग्न तथा स्वदेश फर्किन समस्या भोगिरहेका छन्।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार फागुन २० यता मध्यपूर्वका विभिन्न देशबाट ३ हजार ६ सय ४९ यात्रु नेपाल आएका छन् भने २ हजार २८ जना मात्र नेपालबाट ती देशतर्फ गएका छन्।

    यस अवधिमा Flydubai, Air Arabia र Himalaya Airlines लगायतका वायुसेवा कम्पनीले आबुधाबी, सारजहाँ र दुबई लगायत गन्तव्यमा छिटपुट उडान सञ्चालन गरिरहेका छन्।

    विमानस्थल कार्यालयका अनुसार यसबीच कुल २३ उडान मात्रै सञ्चालन भएका छन्। तर मध्यपूर्वमा तनाव बढेसँगै दैनिक डेढ दर्जनभन्दा बढी उडान रद्द भइरहेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ