• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश

    चुनाव सकिनासाथ महँगीको मार, अंगुरको भाउ बढ्यो

    280
    SHARES



    काठमाडौं । बजारमा अंगुरको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्यसूचीले अंगुरको भाउ बढेको देखाएको हो ।

    बजारमा कालो र हरियो गरी दुई प्रकारका अंगुर किन्न पाइन्छ । बुधबार दुवै प्रकारका अंगुरको भाउ बढेको छ ।

    समितिको तथ्यांक अनुसार हरियो अंगुरको भाउ मंगलबारको तुलनामा बुधबार प्रतिकिलो थोकमा औसत १५ रुपैयाँ बढेको छ । हिजो मंगलबार प्रतिकिलो थोकमा औसत १ सय ९५ रुपैयाँमा किनबेच भएको हरियो अंगुरको भाउ आज २ सय १० रुपैयाँ कायम छ ।

    यसैगरी, कालो अंगुरको भाउ पनि आज प्रतिकिलो थोकमा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतिकिलो ३ सय रुपैयाँमा किनबेच भएको कालो अंगुरको आज ३ सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ