• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश समाचार

    सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

    382
    SHARES



    काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ। १० ग्राम सुनको मूल्य २ लाख ७१ हजार ७७५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ।

    सोमबार सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार २०० रुपैयाँ रहेको थियो भने १० ग्राम सुन २ लाख ६८ हजार ५२० रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार एकै दिन सुन प्रतितोला ३ हजार ८०० रुपैयाँले बढेको हो।

    त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ५ हजार ७२० रुपैयाँ पुगेको छ भने १० ग्राम चाँदीको मूल्य ४ हजार ९०४ रुपैयाँ कायम भएको छ।

    सोमबार चाँदी प्रतितोला ५ हजार ४१० रुपैयाँ र १० ग्राम ४ हजार ६३८ रुपैयाँ रहेको थियो। यसअनुसार चाँदी प्रतितोला ३१० रुपैयाँले बढेको महासंघले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ