• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    इरानसँगको युद्ध चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकासियो

    312
    SHARES



    लण्डन । मध्यपूर्वमा विकसित पछिल्लो तनाव र इरानसँगको युद्ध चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठुलो उछाल आएको छ। सन् २०२२ यता पहिलो पटक कच्चा तेलको मूल्य प्रतिब्यारल १०० अमेरिकी डलर नाघेको हो।

    अमेरिका र इजरायलले इरानमाथि गरेको पछिल्लो हवाई आक्रमण र तेल डिपोहरूलाई निशाना बनाएपछि विश्वभर ऊर्जा सङ्कटको त्रास बढेको छ। सोमबार बिहान एसियाली बजार खुल्नेबित्तिकै ब्रेन्ट क्रुडको मूल्य १५.५ प्रतिशतले बढेर प्रतिब्यारल १०७.१६ डलर पुगेको छ।

    त्यस्तै, नाइमेक्स लाइट स्वीट क्रुडको मूल्य पनि १७ प्रतिशतभन्दा बढीले वृद्धि भई १०६.७७ डलर पुगेको छ। बजार विश्लेषकहरूले यो साता मूल्य १०० डलर पुग्ने अनुमान गरे पनि एसियाली ट्रेडिङ सुरु भएको केही मिनेटमै मूल्यमा अप्रत्याशित वृद्धि देखिएको हो।

    स्ट्रेट अफ हर्मुजमा अवरोधको डर

    विश्वको महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ हर्मुजबाट हुने तेल र ग्यास आपूर्तिमा अवरोध आउने डरले बजारलाई त्रसित बनाएको छ। इरान र वरपरका क्षेत्रमा ऊर्जा पूर्वाधारहरू ध्वस्त पारिएका दृश्य सार्वजनिक भएपछि लगानीकर्ताहरू झस्किएका हुन्।

    यदि यो मार्ग आगामी मार्च अन्त्यसम्म बन्द रहेमा तेलको मूल्यले अहिलेसम्मकै नयाँ रेकर्ड कायम गर्दै प्रतिब्यारल १५० डलरसम्म पुग्न सक्ने विश्लेषण गरिएको छ।

    यसको प्रत्यक्ष असर उपभोक्ता र व्यवसायीमा पर्ने देखिएको छ। पेट्रोल, डिजेल मात्र नभई हवाई इन्धन र रासायनिक मलको कच्चा पदार्थको मूल्य समेत बढ्ने निश्चित छ।

    गल्फ क्षेत्रबाट हुने आपूर्ति मुख्यतया एसियाली देशहरूमा खपत हुने भए पनि अहिले एसियाली उपभोक्ताहरूले अमेरिकी ग्यासका लागि उच्च मूल्यमा बोलकबोल गर्न थालेका छन्। यसको प्रभाव स्वरूप युरोपतर्फ जाँदै गरेका केही ग्यास ट्याङ्करहरू बिच बाटोबाटै मोडिएर एसियातर्फ लाग्न थालेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ