काठमाडौँ । ११६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ । अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ ।
नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने प्रचलन छ । नेपाल सरकारले नारी दिवसको दिन सार्वजनिक विदा दिएको छ ।
यसवर्ष संयुक्त राष्ट्र संघबाट तय भएको “Right. Justice. Action. For ALL Women and Girls” (सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर) भन्ने आदर्श वाक्यका साथ यो दिवस मनाइदै छ ।
दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित राजनीतिक दलका नेताहरुले शुभकामना व्यक्त गरेका छन् ।
प्रतिक्रिया