• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    डोटीमा कडा प्रतिस्पर्धाका बिच कांग्रेसका भरत बहादुर खड्का विजयी

    425
    SHARES



    डोटी । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत डोटी निर्वाचन क्षेत्र नं १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ। सार्वजनिक नतिजा अनुसार मुख्य तीन दलबिचको प्रतिस्पर्धामा नेपाली कांग्रेसका उम्मेदवार भरत बहादुर खड्का विजयी भएका छन्।

    खड्काले १४,८९७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार दीपक बहादुर धामीलाई ७८७ मतको अन्तरले पराजित गरे।

    एमालेका धामीले १४,११० मत प्राप्त गरे। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्र बहादुर खड्काले १३,२७० मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन्। डोटीमा तीनै उम्मेदवारबिच कडा टक्कर देखिएको थियो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ