• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    ओखलढुंगाका मानेभञ्ज्याङ ७ का मतदाताले गरे निर्वाचन बहिष्कार

    382
    SHARES



    काठमाडौं । ओखलढुंगाको एक मतदान केन्द्रमा मतदान गर्ने सम्पूर्ण मतदाताले नै मतदान बहिष्कार गरेका छन् । मानेभञ्ज्याङ गाउँपालिका–७ स्थित टोक्सेल मतदान केन्द्रमा मतदान गर्ने मतदाता दिउँसोसम्म पनि मतदान प्रक्रियामा सहभागी भएका छैनन् ।

    ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले सो निर्वाचन केन्द्रमा मतदान गर्ने मतदाताहरूले उनीहरूले लामो समयदेखि राखेको माग सुनुवाइ नभएको कारण मतदान नगरेको बताएका छन् ।

    टोक्सेलका स्थानीयले सो ठाउँमा प्रादेशिक अस्पताल निर्माण गर्न माग गरेको र आवश्यक जग्गाको समेत व्यवस्था गर्दा पनि सरकारले अस्पताल निर्माणको काम अघि नबढाएको भन्दै सामूहिक निर्णय गरेर मतदानमा सहभागी नभएका हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ