• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    काठमाडौँको चपलीमा शङ्कास्पद बस्तु फेला : रातभर प्रहरीको पहरा, अहिले डिस्पोज गरिँदै

    355
    SHARES



    काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शङ्कास्पद बस्तु भेटिएको छ ।

    चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले पोको पारेर प्रेसर कुकरमा तार जोडेर छाडेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।

    सो बस्तु बम हो वा होक्स भन्ने यकिन नभएको एसपी भट्टराईले जानकारी दिए । मध्यराति फेला परेको शङ्कास्पद बस्तु बुधवार बिहान सेनाले निष्क्रिय बनाउँदै छ ।

    घटनास्थलमा पुगेर सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गर्ने प्रयास गरिरहेको छ । चपली स्थित मसला फ्याक्ट्रीबाट चुनीखेल जाने सडकमा शङ्कास्पद बस्तु भेटिएपनि रातभर सुरक्षाकर्मी पहरा दिएर सो क्षेत्रमा आवतजावतमा रोक लगाएका थिए ।

    बम डिपस्पोज गर्न सेनाको चन्दन नाथ गणबाट १५ जनाको टिम परिचालन गरिएको छ । घटनास्थलमा प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरू पनि खटिएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ