• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    युएईमा सेक्युरिटी गार्डको काम गर्दै थिए इरानी आक्रमणमा मारिएका नेपाली दिवस श्रेष्ठ

    505
    SHARES



    काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा ज्यान गुमाउने नेपाली गोरखाका दिवस श्रेष्ठ रहेको पुष्टि भएको छ।

    २९ वर्षीय श्रेष्ठ मिडलइस्ट कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत थिए। श्रेष्ठको निधनप्रति नेपाली राजदूतावास अबुधाबीले गहिरो दुःख व्यक्त गरेको छ।

    परिस्थिति सहज भएपछि मृतक श्रेष्ठको शव यथाशीघ्र नेपाल पठाउने पनि दूतावासले जनाएको छ। युएईमा इरानको आक्रमणमा परी तीन जनाको मृत्यु भएको थियो। बंगलादेशी र पाकिस्तानी नागरिक एक-एक जनाको पनि मृत्यु भएको थियो।

    संवेदनशील परिस्थितमा युएईमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई संयमता अपनाउन र सुरक्षित स्थानमा रहन दूतावासले आग्रह गरेको छ।

    साथै, युएई सरकारले जारी गरिएका सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्डहरू पूर्णरूपमा पालना गर्न समेत दूतावासले अनुरोध गरेको छ। युएईको रक्षा मन्त्रालयका अनुसार आक्रमण सुरू भएयता इरानले युएईमा १६५ वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो।

    तीमध्ये १५२ वटा नष्ट गरिएको र १३ वटा समुद्रमा खसेका छन्। दोस्रो दिन बिहान मात्रै २० वटा ब्यालिस्टिक मिसाइल खसालिएको र आठ वटा समुद्रमा खसेको जनाइएको छ।

    यसैगरी दुई वटा क्रुज मिसाइललाई पनि युएईको प्रतिरक्षा प्रणालीले नष्ट गरिएको रक्षा मन्त्रालयले जनाएको छ। आक्रमण सुरू भएयता इरानले कुल ५४१ वटा ड्रोन हमला गरेको थियो।

    तीमध्ये ५०६ वटा ध्वस्त पारिएको र ३५ वटा देशभित्र खस्दा भौतिक क्षति पुगेको मन्त्रालयले जनाएको छ। २१ वटा ड्रोनले सर्वसाधारणका संरचनामा प्रहार गरेको उल्लेख गरिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ