• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    आजदेखि सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी खटिने

    325
    SHARES



    काठमाडौं । यही फागुन २१ गते हुने निर्वाचनका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मीहरु आज अपराह्नसम्म देशभरका सबै मतदान केन्द्रमा परिचालित हुने भएका छन्। निर्वाचन आयोगले सोमबार अपराह्नसम्म मतदानमा खटिने सबै कर्मचारीहरुलाई केन्द्रमा पुगिसक्न परिपत्र गरेको हो।

    दुर्गम तथा विकट भेगका मतदान केन्द्रमा भने सुरक्षाकर्मी सहितको टोली यसअघि नै पुगिसकेको आयोगले जनाएको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका सडक सुविधा नपुगेका केन्द्रहरुलाई प्राथमिकतामा राखेर कर्मचारी परिचालन गरिएको थियो। आइतबारसम्म करिब दुई सयभन्दा बढी विकट मतदान केन्द्रमा कर्मचारी पुगेको रिपोर्ट आयोगलाई प्राप्त भएको छ।

    आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, सोमबार अपराह्नसम्म मतदान केन्द्रको चारकिल्ला तोकेर मतदान केन्द्रको हाता निर्धारण गरिएको सूचना टाँस्नुपर्नेछ। साथै निर्वाचन सामग्री बुझ्ने, मतदान केन्द्रको व्यवस्थापन गर्ने र आवश्यक प्रारम्भिक तयारीका कामहरु समेत सोमबार नै सम्पन्न गर्नुपर्नेछ।

    मतपत्र लगायतका सबै निर्वाचन सामग्रीहरुको सुरक्षा नेपाल प्रहरीले गर्नेछ। निर्वाचन आयोग र प्रहरी हेडक्वाटरले निर्वाचन नसकिँदासम्म मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मीको टोली सँगै रहेर २४ सै घण्टा सुरक्षा तथा निगरानी गर्न निर्देशन दिएको छ।

    मतदान सकिएपछि सबै दलका प्रतिनिधिहरुको उपस्थितिमा मतपेटिकाको मुचुल्का गरी निर्वाचन अधिकृतको कार्यालयमा बुझाइनेछ। निर्वाचन सामग्री बुझाएर मात्र मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरुको जिम्मेवारी पूरा हुने आयोगले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ