• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    पूर्वमन्त्री रञ्जितालाई थुनामै राख्नुपर्ने माग गर्दै अख्तियार पुग्यो सर्वोच्च

    452
    SHARES



    पोखरा । पोखराको लिचीबारी जग्गा प्रकरणमा नेकपाकी नेता तथा पूर्वमन्त्री रञ्जिता श्रेष्ठलाई थुनामा राख्नुपर्ने माग गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा निवेदन दिएको छ।

    विशेष अदालतको आदेश बदर हुनुपर्ने र थुनामै राखेर उनीमाथि अनुसन्धान गर्नुपर्ने भन्दै अख्तियारले आइतबार सर्वोच्च अदालतमा निवेदन दिएको हो।

    उनलाई फागुन १० गते (आइतबार) विशेष अदालतको न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले ५ लाख धरौटीमा छोड्न आदेश दिएको थियो।

    पोखराको लिचीबारी जग्गा प्रकरणमा अख्तियार दुरूप्रयोग अनुसन्धान आयोगले श्रेष्ठसहित ७ जनाविरूद्ध असोज २२ गते मुद्दा दर्ता गरेको थियो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ