• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश समाचार

    सुनको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

    315
    SHARES



    काठमाडौँ । इरानमाथि भएको आक्रमणको भोलिपल्ट नेपाली बजारमा सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ पुगेको छ।

    यसअघि १५ फागुनमा सुन प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। दुई दिनको अवधिमा सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ।

    महासंघका अनुसार आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख ७४ हजार ७ सय ७५ रुपैयाँ कायम भएको छ। यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ५ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

    १५ फागुनमा चाँदी प्रतितोला ५ हजार ७ सय ४० रुपैयाँ रहेको थियो। दुई दिनमा चाँदी प्रतितोला २ सय ४५ रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ।

    अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र मध्यपूर्वमा बढ्दो तनावका कारण बहुमूल्य धातुको मूल्य उकालो लागेको व्यवसायीहरूको भनाइ छ।

    इजरायल र अमेरिकाले शनिबार इरानमा आक्रमण गरेका थिए । लगत्तै इरानले पनि मध्यपूर्वमा रहेका विभिन्न अमेरिकी वेशहरुमा जवाफी आक्रमण गरेपछि तनाव बढेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ