• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    गृहजिल्ला झापामा ओलीको घरदैलो

    327
    SHARES



    काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्र झापा निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी अभियानलाई तीव्र पार्दै जनताको घरदैलोमा पुगेका छन् । आसन्न निर्वाचनको पूर्वसन्ध्यामा ओलीले दमक लगायतका विभिन्न क्षेत्रमा पुगेर मतदाताहरूसँग प्रत्यक्ष भेटघाट गरे ।

    घरदैलो कार्यक्रममा अध्यक्ष ओलीलाई स्वागत गर्न स्थानीय मतदाताहरूको ठूलो उपस्थिति रहेको थियो । घरदैलोका क्रममा ओलीले युवाहरूसँग देशको भविष्य र विकासका बारेमा संक्षिप्त छलफल गरे ।

    विशेष गरी दमक नगरपालिकाका विभिन्न वडाहरूमा पुग्दा स्थानीयले खानेपानी, सडक पूर्वाधार र सुकुम्वासी समस्या समाधानका लागि ओलीसँग आग्रह गरेका थिए ।

    जवाफमा ओलीले आफू प्रधानमन्त्री हुँदा शुरु गरेका अधुरा आयोजनाहरूलाई पूर्णता दिन र झापा ५ लाई नमूना क्षेत्र बनाउन आफ्नो उम्मेदवारी रहेको बताए । ओलीको यो घरदैलो कार्यक्रमले झापा ५ मा चुनावी सरगर्मीलाई ह्वात्तै बढाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ