• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    आयोगको निमन्त्रणामा १५ जना विदेशी पाहुना निर्वाचन पर्यवेक्षण गर्न आउँदै

    571
    SHARES



    काठमाडाैँ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको ४३ वटा संस्थाले पर्यवेक्षण गर्ने भएका छन् ।

    निर्वाचन आयोगले ३ वटा अन्तर्राष्ट्रिय र ४० वटा राष्ट्रिय गरी ४३ संस्थालाई पर्यवक्षेणको लागि अनुमति दिएको हो । आयोगले ४० वटा राष्ट्रिय पर्यवेक्षण संस्थालाई प्रशिक्षण पनि दिइसकेको छ ।

    आचारसंहिता अनुगमन तथा पर्यवेक्षण समितिका संयोजक समेत रहेका आयुक्त सगुन शमशेर जबराले तोकिएको आधार र प्रक्रिया पूरा गरेका ३ अन्तर्राष्ट्रिय र ४० वटा राष्ट्रिय संस्थाहरुले निर्वाचनको पर्यवेक्षण गर्ने जानकारी दिए ।

    त्यसैगरी आयोगको निमन्त्रणामा विभिन्न मुलुकका निर्वाचन आयुक्तसहित १५ जना विदेशी पाहुना पनि निर्वाचन पर्यवेक्षणको लागि आउने भएका छन् ।

    विदेशी पाहुना, कुटनीतिक नियोगका प्रतिनिधि तथा दुतावासका प्रतिनिधिहरुलाई मतदानको दिन अनुगमनका लागि सहजिकरण गर्न परराष्ट्र मन्त्रालयबाट ५२ जना लियाजोन अधिकृतहरु परिचालन भएको पनि आयुक्त जबराले जानकारी दिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ