• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    पर्वतारोहणमा फेक रेस्क्यू प्रकरणमा थप दुई जना पक्राउ

    360
    SHARES



    काठमाडौँ । पर्वतारोहणमा गएका विदेशी नागरिकको ‘नक्कली उद्धार (फेक रेस्क्यू)’ गरी ठगेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।

    केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले विमान सेवा सञ्चालक संघ नेपालका पूर्व उपाध्यक्ष राजेन्द्रबहादुर सिंह र रोयल होलिडेज एड्भेन्चर एन्ड ट्राभल कम्पनीका सञ्चालक सन्दीप तिवारीलाई पक्राउ गरेको हो।

    सन्दीपलाई प्रहरीले मंगलबार र राजेन्द्र बहादुरलाई बुधबार बिहान पक्राउ गरेको हो।

    सिआइबीका अनुसार योसँगै ट्रेकिङ कम्पनी, रेस्क्यू कम्पनी, अस्पताल, विदेशी बिमाका नेपाल स्थित लोकल एजेन्ट तथा हेलिकप्टर कम्पनीका शेयरधनी सञ्चालक समेत गरी ९ जनालाई पक्राउ गरिसकेको छ।

    यसअघि सिआइबीले माघ २५ गते श्रिद्धी अस्पतालका सञ्चालक डा. गिर्वाणराज तिमिल्सिनालाई पक्राउ गरेको थियो। उनीहरूमाथि प्रहरीले राष्ट्रहित प्रतिकूल काम गर्न नहुने कसुर तथा संगठित अपराध अनुसार अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

    माघ ११ गते सिआइबीले पर्वतारोहण गर्न आएका विदेशी पर्यटकलाई बिमाको रकम असुली गर्न संगठित रूपमा ठगी हुँदै आएको भन्ने जानकारी पाएको थियो। त्यति बेला सिआइबीले ६ जनालाई पक्राउ समेत गरेको थियो।

    संगठित रूपमा पर्यटकलाई बिरामी भएको बताउँदै हेलिकप्टरबाट उद्धार गर्ने र अस्पतालमा भर्ना गरी बिमा दाबी गर्ने गरेको आरोप उनीहरूमाथि थियो।

    प्रहरीले माउन्टेन रेस्क्यू सर्भिस प्रालिका सञ्चालक जयराम रिमाल, म्यानेजर विवेक पाण्डे, नेपाल चार्टर्ड सर्भिसका सञ्चालक रविन्द्र अधिकारी, अपरेसन म्यानेजर विवेकराज थपलिया, एभरेस्ट एक्स्पिरियन्स एन्ड एसोसिएट्स प्रालिका सञ्चालक मुक्ति पाण्डे र म्यानेजर सुवास केसीलाई पक्राउ गरेको थियो।

    २०७५ सालमा पर्यटन मन्त्रालयले कार्यदल नै बनाएर यसबारे अनुसन्धान गरेको थियो। सो अध्ययन प्रतिवेदन प्रहरीलाई पनि दिएको सिआइबीले जनाएको छ।

    पछिल्लो समय यही साल असोजमा नक्कली उद्धार भइरहेको उजुरी सिआइबी कहाँ आएको थियो। यस्तो सूचना आएपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो।

    अनुसन्धान गर्दा माउन्टेन रेस्क्यू सर्भिसले गरेका १२४८ वटा उद्धारमध्ये १७१ वटा नक्कली देखा परेका थिए। त्यस्तै नेपाल चार्टर्ड सर्भिसले गरेका ४७१ वटा उद्धारमध्ये ७५ वटा शंकास्पद देखिएको थियो। एभरेस्ट एक्स्पेरियन्स एन्ड एसोसिएट्सका ६०१ वटा उद्धारमध्ये ७१ वटा शंकास्पद देखिएको थियो।

    त्यसबाट यी कम्पनीहरूले एक करोड ९६ लाख ९० हजार अमेरिकी डलर (झन्डै दुई अर्ब ८७ करोड रूपैयाँ) बिमा दाबी गरेको थियो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ