• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ

    374
    SHARES



    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइका लागि पेसी तोकिएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासमा उक्त रिटमाथि सुनुवाइ हुने भएको हो ।

    यसअघि सोमबार सर्वोच्च अदालतले महान्यायाधिवक्ताको कार्यालयबाट सम्बन्धित फाइल झिकाउन आदेश जारी गरेको थियो । प्रसाईंकातर्फबाट दायर बन्दीप्रत्यक्षीकरण रिटमाथि प्रारम्भिक सुनुवाइका क्रममा जिल्ला प्रहरी परिसरले पठाएको लिखित जवाफका आधारमा अदालतले फाइल मगाउने आदेश दिएको हो ।

    प्रसाईँको हकमा उमा प्रसाईले जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंसमेतलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । पक्राउ पर्नुअघि प्रसाईँले आफूमाथिको धरपकड रोक्न माग गर्दै फागुन १ गते रिट दिएका थिए ।

    सो रिटमा सर्वोच्च अदालतले निर्वाचन आयोग र जिल्ला प्रहरी परिसरलगायतसँग लिखित जवाफ मागेको थियो । प्रसाईँले दायर गरेका दुई वटा रिटलाई एकसाथ राखेर सुनुवाइ भइरहेको छ ।

    यसअघि माघ २३ गते पक्राउ परेका प्रसाईँ हाजिर जमानीमा रिहा भएका थिए । त्यसबेला निर्वाचनसम्बन्धी उनको अभिव्यक्तिलाई प्रहरीको साइबर ब्यूरोले अनुसन्धानको आधार बनाएर बयान लिएको थियो ।

    प्रसाईँले फागुन २१ गते हुन लागेको निर्वाचन विथोल्ने अभियान सुरु गर्न लागेको आशंकामा प्रहरीले उनलाई पटक–पटक पक्राउ गर्दै आएको छ । यसअघि माघ ५ गते पोखराबाट पनि पक्राउ परेका प्रसाईँलाई बयानपछि रिहा गरिएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ