• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    भूमध्यसागरमा डुङ्गा दुर्घटना: लिबिया र ग्रीसमा आठ शव भेटिए

    232
    SHARES



    त्रिपोली । भूमध्यसागर हुँदै युरोप पुग्ने प्रयासका क्रममा भएको पछिल्ला दुर्घटनामा लिबिया र ग्रीसमा गरी आठ जनाको शव फेला परेको छ । अधिकारीहरूले शनिबार लिबियाको राजधानी त्रिपोली नजिक र ग्रीसको क्रेट टापु आसपास छुट्टाछुट्टै घटनामा मृत्यु भएको पुष्टि गरेका हुन् ।

    लिबियामा समुद्री किनारमा बगेर आएका पाँच आप्रवासीको शव स्थानीय बासिन्दाले कास्र अल–अख्यार तटीय सहर नजिक फेला पारेका थिए । त्यहाँको प्रहरी अनुसन्धान प्रमुख हसन अल–घाविलका अनुसार मृतक सबै गाढा वर्णका थिए र उनीहरूमध्ये दुई जना महिला थिए ।

    एउटा बालकको शव पनि किनारमा देखिएको तर छालले फेरि समुद्रतर्फ बगाएको स्थानीयले बताएका छन् । रेड क्रिसेन्टको सहयोगमा शव सङ्कलन गरिएको र अझै थप शव किनारमा आउन सक्ने आशङ्का गरिएको छ ।

    यो घटना केही साताअघि जुवारा तट नजिक ५५ जना बोकेको रबर डुङ्गा पल्टिँदा कम्तीमा ५३ आप्रवासी (दुई शिशुसहित) मृत वा बेपत्ता भएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनको चेतावनीपछि भएको हो ।

    यसैबिच, ग्रीसको क्रेट टापु नजिक काठको डुङ्गा पल्टिँदा तीन जनाको शव फेला परेको छ भने कम्तीमा २० जनाको उद्धार गरिएको एथेन्स समाचार एजेन्सीले जनाएको छ । उद्धार गरिएकामध्ये अधिकांश इजिप्ट र सुडानका नागरिक रहेको बताइएको छ । यसमा चार जना नाबालक पनि छन् ।

    ग्रीक सार्वजनिक प्रसारक ईआरटीका अनुसार उद्धारका क्रममा यात्रुहरू सिँढी चढ्ने प्रयास गर्दा डुङ्गा असन्तुलित भई पल्टिएको थियो । जीवितहरूको खोजी चार गस्ती डुङ्गा, एउटा विमान र युरोपेली सीमा एजेन्सी फ्रन्टेक्सका दुई जहाजले जारी राखेका छन् ।

    हरेक वर्ष हजारौँ मानिस युद्ध र गरिबीबाट भाग्दै लिबियाबाट भूमध्यसागर पार गरेर युरोप पुग्ने जोखिमपूर्ण यात्रा गर्ने गर्छन् । २०११ मा मुअम्मर गद्दाफीको पतनपछि लिबिया यस्तो यात्राको प्रमुख ट्रान्जिट मार्ग बनेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ