• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    गौर नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी

    311
    SHARES



    गौर । रौतहटको गौर नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। दुई समुदायबीच विवादबाट सुरू भएको झडव तनावपूर्ण बनेपछि रौतहट प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको हो।

    शनिबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो। पूर्वमा मुडवलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयलाई सीमा मानेर कर्फ्यू तोकिएको छ।

    कर्फ्यू आदेश जारी हुँदा कुनै पनि व्यक्ति आवतजावत गर्न, कुनै किसिमको भेला गर्न, सभा, जुलुस र प्रदर्शन गर्न प्रशासनले रोक लगाएको छ। दुई समुदायबीच बिहीबार राति विवाद भएको थियो। शुक्रबार पनि ढुंगामुढा र झडप समेत भएको थियो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ