काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव ॠषि कट्टेल काठमाडौँबाट गिरफ्तार परेका छन्।
प्रहरीले केहीबेअघि ७५ वर्षीय कट्टेलाई काठमाडौँस्थित पार्टी कार्यालयबाट गिरफ्तार गरेको उक्त पार्टीले जनाएको छ। कट्टेल नेतृत्वको पार्टीले आगामी फागुन २१ गतेको चुनाव बहिष्कार गर्ने घोषणा गरेको छ।
काठमाडौँ उपत्यका असपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले कट्टेललाई पक्राउ गरिएको पुष्टि गरे। यस चुनव बहिष्कार गर्ने निरन्य गरेको भन्दै प्रहरीले मंगलबार मात्रै नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोलालाई पनि गिरफ्तार गरेको थियो।
निर्वाचन बहिष्कार गरेको भन्दै मंगलबार दिउँसो काठमाडौँको टेबहालबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया