• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    राजावादी प्रदर्शनमा पुगे दुर्गा प्रसाईँ, पूर्वराजा शाहलाई लिएर आउने भन्दै विमानस्थलभित्र प्रवेश

    311
    SHARES



    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटबाहिर भइरहेको राजावादीहरूको प्रदर्शनमा अभियन्ता दुर्गा प्रसाईँ पनि पुगेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतको लागि भएको प्रदर्शनमा प्रसाईँ पनि पुगेका हुन् ।

    उनी समर्थकहरूलाई विमानस्थल बाहिर राखेर अहिले भित्र प्रवेश गरेका छन् । समर्थकहरूलाई आफू पूर्वराजा शाहलाई लिएर आउने भन्दै भित्र प्रवेश गरेका हुन् ।

    पूर्वराजा शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ प्रस्थान गरिसकेका छन् । उनी केही समयपछि त्रिभुवन विमानस्थल अवतरण गर्ने भएका छन् ।

    राजावादी समर्थकहरू अहिले विमानस्थल गेट बाहिर नाराबाजी गरिरहेका छन् । उनीहरूले ‘हाम्रो राजा हाम्रो देश, राजा आउ देश बचाऊ’ लगायतका नारा लगाइरहेका छन् । शाहलाई त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निर्मल निवास लग्ने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ