• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    सुनिल, तपाईंको अभाव कहिल्यै पूरा हुन सक्दैन: राजेश हमाल

    721
    SHARES



    काठमाडौँ । अभिनेता सुनिल थापाको निधनमा कलाकारदेखि सर्वसाधारणहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। अभिनेता राजेश हमालले सुनिल थापा एक असाधारण सहकर्मी रहेको बताएका छन्।

    सामाजिक सञ्जालमार्फत थापाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै लेखेका छन्, ‘सुनिल, तपाईं एक असाधारण सहकर्मी हुनुहुन्थ्यो। तपाईंको अभाव कहिल्यै पूरा हुन सक्दैन।’

    राजेश र सुनिलले दर्जनौं नेपाली फिल्ममा सहकार्य गरेका थिए। अभिनेतामा राजेश हमाल र खलपात्रमा सुनिल थापाबीचको केमेस्ट्रीलाई दर्शकले समेत अत्यन्त रूचाएका थिए।

    राजेशले फेसबुकमा लेखेका छन्, ‘नेपाली सिनेमाको इतिहासमा तपाईं एउटा महत्वपूर्ण मोड हुनुहुन्छ। मेरो सिनेमायात्रा म तपाईंप्रति समर्पित गर्दछु।’

    सुनिल थापाको शनिबार बिहान ६८ वर्षको उमेरमा निधन भएको हो। उनले नेपालीसहित बलिउड फिल्म तथा वेब सिरिजमा समेत अभिनय गरेका छन्। उनी विशेषगरी खलनायक तथा चरित्र भूमिकामार्फत दर्शकमाझ लोकप्रिय थिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ