• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

    468
    SHARES



    काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो।

    निकटस्रोतका अनुसार उनको स्वास्थ्य केही दिनयता जटिल बनेको थियो । त्यसपछि बाँसबारीस्थित न्युरो हस्पिटलमा उपचारका लागि राखिएको थियो । जहाँ उनको निधन भएको हो ।

    भट्टराईको शव अहिले केहीबेरमा पशुपतिस्थित विद्युतीय शव गृहमा दाहसंस्कार गरिने प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) नेता रोशन पोखरेलले जनाकारी दिए । स्वर्गीय भट्टराईका २ छोरा २ छोरी छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ