• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    निपाह भाइरसको जोखिम न्यून रहे पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको अनुरोध

    725
    SHARES



    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा निपाह भाइरसको जोखिम न्यून रहे पनि सतर्क रहन अनुरोध गरेको छ । मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै सतर्क रहन अनुरोध गरेको हो ।

    हालसम्म नेपालमा निपाह भाइरसका घटना पुष्टि नभएको तथा स्वास्थ्य तथा स्वास्थ्य निकायहरू जोखिम न्यूनीकरणका लागि पूर्ण रूपमा तयारी अवस्थामा रहेकाले सबैलाई आतंकित नहुन तथा आफू र परिवारलाई सुरक्षित राख्न जनस्वास्थ्यका मापदण्डहरू अनिवार्य पालन गर्न मन्त्रालयले अनुरोध समेत गरेको छ ।

    ‘विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी तथा दक्षिण-पूर्वी एसिया क्षेत्रिय स्तरमा निपाह भाइरसको जनस्वास्थ्य जोखिम न्यून रहेको मूल्यांकन गरिएता पनि छिमेकी मुलुकमा देखिएका नपाह भाइरसका केही घटनाहरूलाई मध्यनजर गर्दै यस मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाद्वारा पूर्वतयारीका कदमहरूसवरूप देशभरिका स्वास्थ्य संस्था तथा निकायहरूलाई सचेत गराइएको तथा निपाह भाइरसको परीक्षण एल्रिदम (अन्तरिम) तयार गरिएको जानकारी गराइन्छ,’ विईप्तिमा भनिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ