• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    अमेरिकाले आक्रमण गरे क्षेत्रीय युद्ध सुरु हुन्छ – इरानी सर्वोच्च नेता खामेनी

    723
    SHARES



    काठमाडौं । इरानका सर्वोच्च धार्मिक नेता आयतुल्लाह अली खामेनीले इरानमाथि अमेरिकाले आक्रमण गरेमा क्षेत्रीय युद्ध सुरु हुने चेतावनी दिएका छन् । इरान वरपरको क्षेत्रमा अमेरिकाले सैन्य टोली तैनाथ गरिरहेका बेला खामेनीको यो अभिव्यक्ति सार्वजनिक भएको हो ।

    ‘अमेरिकीहरूले यदि युद्ध शुरू गरे भने यसपालि एउटा क्षेत्रीय युद्ध शुरू हुने छ,’ खामेनीलाई उद्धृत गर्दै इरानको अर्धसरकारी समाचार संस्था तस्निमले भनेको छ । खामेनीले अमेरिकाको धम्कीबाट इरान नतर्सिने पनि बताएका छन् ।

    इरानको पारमाणविक कार्यक्रम र सरकार विरोधी प्रदर्शनकारीमाथि भएको दमनलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने धम्की दिँदै आएका छन् । यसले इरानसहित खाडी क्षेत्रमा तनावको वातावरण बनेको छ । नेपाल सरकारले ट्राभल एडभाइजरी जारी गर्दै इरान छाड्न र इरान जाने कार्यक्रम स्थगित गर्न आह्वान गरेको छ ।

    तनावको बीचमा शान्ति बहालीका कूटनीतिक प्रयास भने भइरहेका छन् । विशेष गरी कतारले त्यसको पहल गर्दै आएको मिडिया रिपोर्टहरु सार्वजनिक भइरहेका छन् ।

    अमेरिकी राष्ट्रपति ट्रम्पले इरानबारे गम्भीर छलफल भइरहेको बताएका थिए भने इरानका विदेशमन्त्री अब्बास अरागचीले पनि छलफल सहमतिमा पुग्ने विश्वास व्यक्त गरेका थिए ।

    इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख अली लारिजानीले शनिबार सामाजिक सञ्जालमा लेख्दै ‘मिडियामा सिर्जना गरिएको कृत्रिम युद्धको माहोलभन्दा फरक रूपमा वार्ताको ढाँचा निर्माणको काम अघि बढिरहेको’ जानकारी दिएका थिए ।

    तर कुन स्तरमा, कस्तो खालको छलफल भइरहेको हो भन्ने अझै स्पष्ट भइसकेको छैन ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ