• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना

    747
    SHARES



    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् ।

    रुघा, खोकी र ज्वरोको समस्या देखिएपछि नेता नेपाल बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका थिए । त्यहाँबाट उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लगेर भर्ना गरिएको हो ।

    उपचार भने त्रिवि शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ चिकित्सकले गरिरहेका छन् । अस्पताल स्रोतका अनुसार उनलाई रुघा, खोकी र ज्वरोसँगै सास फेर्न गाह्रो (घ्यार–घ्यार) हुने समस्या देखिएको छ ।

    ‘टिचिङ अस्पतालमा क्याबिन नपाएपछि मनमोहनमा राखेर उपचार गरिएको हो । उपचार भने त्रिविकै छातीरोग विभागका चिकित्सकले गरिरहनुभएको छ,’ अस्पताल स्रोतले जनाएको छ ।

    बिहीबार बिहान नेता नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरू अस्पताल पुगेका थिए ।

    यसैबीच, त्रिवि शिक्षण अस्पतालको भीआईपी क्याबिन नम्बर ६०१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भर्ना छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ