• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश समाचार

    एकैदिन तोलामा २० हजार ५ सय बढ्यो सुनको भाउ

    741
    SHARES



    काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउले दिनहुँ नयाँ रेकर्ड राख्ने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुनको भाउ प्रतितोला २० हजार ५ सय रुपैयाँ बढेको छ ।

    आज एक तोला सुनको भाउ ३ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको छ । यो भाउ हालसम्मकै सर्वाधिक हो । हिजो बुधबार सुनको भाउ तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

    मंगलबार छापावाल सुन तोलामा ३ सय रुपैयाँ बढेर ३ लाख ९ हजार ३०० रुपैयाँ थियो । आज १० ग्राम सुनको मूल्य तोलामा २ लाख ९० हजार ८ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    यस्तै चाँदीको मूल्य आज पनि बढेको छ । बुधबार चाँदीको भाउ २ सय ५ रुपैयाँले बढेर ७ हजार ५ सय ५ रुपैयाँ कायम छ । मंगलबारको तुलनामा बुधबार चाँदीको भाउ प्रतितोला ४ सय ३० रुपैयाँले बढेर ७ हजार ३ सय रुपैयाँ कायम थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ