• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    अस्पतालले भन्यो- रवि लामिछानेको भनेर सार्वजनिक भएको फोटो नक्कली

    0.9K
    SHARES



    काठमाडौँ । सामाजिक सञ्जाल फेसबुक लगायतमा रास्वपा सभापति रवि लामिछाने अस्पतालमा रहेको देखिने फोटो छरपस्ट देखिन्छ।

    सभापति लामिछाने मंगलबार त्रिवि शिक्षण अस्पताल भर्ना भएपछि यस्ता एआई प्रयोग गरी बनाइएका यस्ता फोटोहरू सामाजिक सञ्जालमा देखिएका छन्।

    तर त्रिवि शिक्षण अस्पतालले भने सामाजिक सञ्जालमा भेटिने फोटोहरू यस अस्पतालको नरहेको बताएको छ। सामाजिक सञ्जालमा भेटिएका फोटोहरू यस अस्पतालको नरहेको अस्पतालका प्रवक्ता गोपाल सेडाईंले बताए।

    यसअनुसार सामाजिक सञ्जालमा देखिएको रवि लामिछाने अस्पतालको शैय्यामा बसेको जस्तो देखाइएका तस्बिर नक्कली रहेको देखिन्छ। साथै लामिछानेको स्वास्थ्यावस्था सामान्य रहेको त्रिवि शिक्षण अस्पतालले जानकारी दिएको छ।

    ‘माघ ५ गते जनकपुरको कार्यक्रममा देब्रे खुट्टामा चोट लागेको तथा औषधि सेवन गर्दा पनि सन्चो नभएर सेलुलाइटिस भएको कारणले २०८२/१०/१३ गते यस अस्पतालमा हाडजोर्नी विभागअन्तर्गत भर्ना हुनुभएको र नशाबाट एन्टिबायोटिक्सको माध्यमबाट उपचार भइरहेको छ,’ अस्पतालले भनेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ