• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    यातायात कार्यालयका १७ कर्मचारी र ट्राफिकको मोबाइल अख्तियारले गर्‍यो जफत

    1.3K
    SHARES



    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालयका १७ कर्मचारी, ट्राफिक प्रहरीहरूको मोबाइल जफत गरेको छ ।

    अख्तियार स्रोतका अनुसार यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुख (नवौं) पेशलकुमार पोखरेलसहित १७ कर्मचारीको २५ मोबाइल जफत गरेको हो ।

    त्यस्तै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत असई डोरहरि नेपालसहित ३ जनाको मोबाइल नियन्त्रणमा लिएको छ । नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रालिका मेनेजर बालकृष्ण सिंहसहित ७ जनाको ९ थान मोबाइल जफत गरिएको छ ।

    त्यसैगरी लिखित परीक्षा दिई फेल भएको मितिले ३ मिहना अवधि नपुग्दै पुनः परीक्षामा सहभागी भएका परीक्षार्थीहरूको उत्तरपुस्तिका पनि अख्तियारले जफत गरेको छ ।

    चाबहिलका कार्यलय प्रमुखसहित अन्यको कर्मचारी, प्रहरीको मिलेमतोमा ५ हजारदेखि १० हजार लिई लाइसेन्सको लिखित परीक्षामा फेल भएकालाई पास बनाउने गरेको पाइएपछि अख्तियारले उनीहरूको मोबाइल जफत गरेको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ