• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ हर्क साम्पाङको पार्टीमा प्रवेश

    720
    SHARES



    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। केही वर्षअघि रास्वपाबाट निष्काशित भएका श्रेष्ठलाई मंगलबार अध्यक्ष हर्क साम्पाङले स्वागत गरेका हुन्।

    ‘ढाकाकुमार श्रेष्ठज्यूलाई श्रम संस्कृतिमा स्वागत छ। अब लागौं है त,’ साम्पाङले फेसबुकमा लेखेका छन्। रास्वपाबाट सामनुपातिक सांसद रहँदा उनले स्वास्थ्य मन्त्री बन्छु भन्दै उनले दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ बाहिरिएको थियो।

    अडिओ बाहिरिएपछि उनलाई रास्वपाले अनुशासनको कारबाही गरेको थियो।  त्यस्तै उनको मेडिकलबाट प्रतिबन्धित औषधि ट्रामाडोल बिक्री गरेको आरोपमा कास्की प्रहरीले उनलाई पक्राउ समेत गरेको थियो। उनी ७५ हजार धरौटी बुझाएर छुटेका थिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ